९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् ।
बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो ।
यस्तै दोस्रो खेलमा फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७-३ फराकिलो अन्तरले पराजित गरेको हो । दिउँसो महिला बास्केटबलतर्फ (३×३) विधाका खेलहरु संचालन हुनेछन् ।
प्रतिक्रिया 4