११ मंसिर, काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
उजुरी शुक्रबार आइपुगेको र दर्ता भएको आयोगले जनाएको छ । आयोगमा इनमकी श्रीमती कविता पाण्डेले उजुरी दिएकी हुन् ।
इनम सापकोटा नेपालमा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलिया को भूमिका खेलेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा को मोबाइल जाँचका क्रममा अदालतका मुद्दा मिलाइदिने तथा प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देशहरू फेला परेको भनेर उनी अनुसन्धानमा तानिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4