११ मंसिर, काठमाडौं । इनम सापकोटाको पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि आयोगको टोली हिरासत पुगेर उनको अवस्थाबारे जानकारी लिने भएको छ ।
कविताले पति इनमलाई भेट्नसमेत नदिएको र पतिको मानवअधिकार हनन् गरेको भन्दै शुक्रबार उजुरी दिएकी थिइन् । जुन आयोजमा दर्ता भइसकेको छ ।
सुरक्षा निकायले अमानवीय व्यवहार गरेको भन्दै पत्नीक कविताले उजुरी दिएपछि आयोगको टोली सोमबार इनमलाई राखेको ठाउँको निरीक्षण गर्न जाने भएको छ ।
‘अमानवीय तरिकाले राखेको भन्दै आयोगमा उजुरी परेको छ । कविता पाण्डेले शुक्रबार उजुरी दर्ता गराउनुभएको छ,’ आयोग स्रोतले अनलाइनखबरलाई भन्यो, ‘सोमबार इनमलाई राखेको ठाउँको निरीक्षण गर्ने निर्णय गरेका छौं ।’
सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
सरकारलाई जानकारी नगराई जेल वा हिरासतमा मानवअधिकार आयोगले निरीक्षण गर्न सक्ने प्रावधान छ ।
प्रतिक्रिया 4