+
+
Shares

एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते २१:२२

११ मंसिर, काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा विद्यावारिधि सिग्देल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

डोल्मा एडभाइजर्सका प्रबन्ध निर्देशक रहेका सिग्देल चार्टर्ड एकाउन्टेन्ट हुन् । सिग्देलको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा अध्यक्षसहित ७ जना सदस्य रहेका छन् ।

नवनिर्वाचित सञ्चालक समितिमा रविन श्रेष्ठ, महिमा न्यौपाने र विश्व गिरी रहेका छन् । साधारणसभाबाट सरोज गुरागाईं, सम्राट मोगा र आशीष श्रेष्ठ पनि सञ्चालकमा निर्वाचित भएका छन् ।

नेपाल प्राइभेट इक्विटी एसोसिएसन नेपालमा निजी इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रको विकास र विस्तारका लागि काम गर्ने संस्था हो ।

यसले वैकल्पिक लगानीको वातावरण निर्माण तथा निजी पुँजी परिचालनलाई प्रोत्साहन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?