+
+
Shares

झारफुकको बहानामा किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ

उक्त व्यवहारको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १५:०७

१२ मंसिर, काठमाडौं । झारफुक गरेर निको पार्ने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका आधारमा ती झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

उनले सोही स्थानकी १४ वर्षीया किशोरीलाई झारफुक गरेर निको पार्ने भन्दै अभद्र व्यवहार गरेको आरोप छ । उक्त व्यवहारको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?