+
+
Shares

‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहियो’

मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले  खुसीको खबर पहिलोपटक सार्वजनिक रूपमा आफ्नै समुदायमाझ साट्न पाउँदा गर्व महसुस भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १८:२७

१२ मंसिर, विराटनगर । गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् ।

शनिबार सुनसरीको इटहरीमा सुरु भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले ठट्यौली  शैलीमा विवाहको मिति घोषणा गरेका हुन् ।

‘सबैजनामा कौतूहलता र कन्फ्युजन पनि छ जस्तो लाग्छ, १७ गतेको कुरा बेसी आइरहेको छ,’ गृहमन्त्री गुरुङले रमाइलो शैलीमा भने, ‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहेको भएर चाहिँ खासमा १७ गते गर्ने भएको छ ।’

मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले  खुसीको खबर पहिलोपटक सार्वजनिक रूपमा आफ्नै समुदायमाझ साट्न पाउँदा गर्व महसुस भएको बताए ।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले पूर्वी नेपाल आफ्नो मनमा विशेष स्थानमा रहेको बताए ।

विगतमा आफू  सामान्य नागरिक हुँदा बेथिति र विसंगतिविरुद्ध काठमाडौँबाट दुई–तीन जना साथीहरूसँग धरान आएर सात महिनासम्म आन्दोलन गरेको दिन उनले स्मरण गरे ।

‘सात महिनासम्म धरानमा आन्दोलन गर्दाखेरि पूर्वले जसरी हरेक दिन साथ दियो, त्यही भएर पूर्व मेरो लागि एकदमै महत्त्वपूर्ण र विशेष ठाउँ हो, मेरो मनमा छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?