+
+
Shares

गृहमन्त्रीको चेतावनी- बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनमा मुद्दा लगाउँछौं

‘अझै पनि बिरामीहरू बेचबिखन भइरहेको छ भन्ने सुन्नमा आएको छ । आफ्ना नागरिक कसैले बेच्दाखेरि त गृहमन्त्रालय हेरेर बस्ने कुरा आउँदैन्,’ प्रतिष्ठानमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते २०:५१

१२ मंसिर, सुनसरी । गृहमन्त्री सुधन गुरुङले बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनको मुद्दा लगाउने चेतावनी दिएका छन् । शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।

‘अझै पनि बिरामीहरू बेचबिखन भइरहेको छ भन्ने सुन्नमा आएको छ । आफ्ना नागरिक कसैले बेच्दाखेरि त गृहमन्त्रालय हेरेर बस्ने कुरा आउँदैन्,’ प्रतिष्ठानमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले भने, ‘प्रहरीलाई निर्देशन दिएका छौँ, विचौलियाविरुद्ध केही दिनभित्रमा केही न केही अपरेसन चलाउँछौं ।’

अस्पताल आएका बिरामीलाई उपचार हुन नसक्ने अवस्थामा मात्रै चिकित्सक र सम्बन्धित विभागले मात्र रिफर गर्नुपर्ने प्रावधान हुन्छ । तर, बीपी प्रतिष्ठानबाट विचौलियाहरूले ‘यहाँभन्दा अरु अस्पतालमा राम्रो र छिटो उपचार हुने’ भन्दै कमिसन लिएर निजी अस्पतालमा पठाउने गरेको गुनासो छ । जसमा एम्बुलेन्स चालकको समेत मिलेमतो हुनेगरेको बताइन्छ ।

बिरामीलाई एम्बुलेन्स चालक र औषधी व्याबसायीहरूले कमिसनको लोभमा अन्यत्र पठाएको आरोपमा केही महिनाअघि मात्रै प्रतिष्ठान हाताभित्रबाट १२ जना बढीलाई पक्राउ नै गरिइको थियो ।

यही कुरालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले चेतावनी दिएका हुन् । गुरुङ निरीक्षणमा पुग्दा कोशी प्रदेश प्रहरी प्रमुख, सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत सँगै थिए ।

गुरुङले प्रतिष्ठानका उपकुलपति प्राडा. स्मृति कार्की, अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, रजिस्ट्रार धरणीधर बरालसँग पनि कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?