१३ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘ढुक्कको कनेक्सन’ अभियान सुरु गरेको छ ।
कम्पनीले अभियानअन्तर्गत ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी ग्राहकसँग तीनवटा प्रतिबद्धता सार्वजनिक गरेको छ । इन्टरनेटमा समस्या आउँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क वाइफाइ सुविधा र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति दिने व्यवस्था अभियानमा समेटिएको कम्पनीले जनाएको छ ।
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट
‘तुरुन्तै’ योजनाअन्तर्गत ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको दुई घण्टाभित्र समस्या समाधान गर्ने कम्पनीको प्रतिबद्धता छ । तोकिएको अवधिमा समस्या समाधान हुन नसके ग्राहकले क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क पाउनेछन् ।
वर्षाका कारण मर्मत कार्य गर्न नसकिने अवस्था आएमा वर्षा रोकिएलगत्तै मर्मत प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । यस्तै, कार्यालय समय अर्थात् अपराह्न ४ बजेपछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजेबाट दुई घण्टे समयसीमा लागू हुनेछ ।
यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका इन्टरनेट प्याकेज प्रयोग गर्ने ग्राहकका लागि मात्र लागू हुनेछ ।
एक ट्यापमै निःशुल्क वर्ल्डलिंक वाइफाइ
कम्पनीले आफ्ना ग्राहकलाई घरबाहिर पनि इन्टरनेट पहुँच सहज बनाउने उद्देश्यले ‘फ्री वर्ल्डलिंक वाइफाइ’ सुविधालाई थप सहज बनाएको छ ।
अब ग्राहकले ‘माई वर्ल्डलिंक’ एपमार्फत एक ट्यापमै वर्ल्डलिंकका वाइफाइ हटस्पटमा जोडिन सक्नेछन् । यो सुविधा असीमित हुने र कम्पनीका सबै ग्राहकले कुनै बन्देजबिना प्रयोग गर्न पाउने जनाइएको छ ।
व्यापक सेवा अवरोधमा एक दिनको क्षतिपूर्ति
‘टाइम ब्याक’ योजनाअन्तर्गत एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी इन्टरनेट सेवा अवरुद्ध भएमा र अवरोधको अवधि तोकिएको सीमाभन्दा लामो भएमा ग्राहकले क्षतिपूर्तिस्वरूप एक दिनको अतिरिक्त इन्टरनेट सेवा पाउनेछन् ।
यसका लागि ग्राहकले ‘माई वर्ल्डलिंक’ एपमार्फत आफैँ क्षतिपूर्तिको अनुरोध दर्ता गर्न वा नजिकैको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन् । यो सुविधा कम्पनीका सबै ग्राहकका लागि लागू हुने जनाइएको छ ।
गति मात्रै होइन, सेवाको विश्वसनीयतामा पनि जोड
कम्पनीले ‘ढुक्कको कनेक्सन’ अभियानमार्फत इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई समेत प्राथमिकता दिएको जनाएको छ ।
कम्पनीका प्रमुख प्रविधि अधिकृत ९सीटीओ० रविन्द्र महर्जनका अनुसार तीनवटा प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंकको सेवा छनोट गरेकोमा विश्वस्त बनाउनेछ ।
अभियानमार्फत कम्पनीले ‘अब ढुक्क हुनुहोस्, तपाईंको कनेक्सनको जिम्मेवारी हाम्रो’ भन्ने सन्देश अघि सारेको छ ।
प्रतिक्रिया 4