+
+
Shares

सलमानको निशानामा कनिका, लभलाई भने ‘ड्रामेबाज’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १२:१७

‘बिग बोस २०’को शनिबार प्रसारित ‘वीकएन्ड का वार’मा सलमान खानको व्यवहार यसपटक अलि फरक देखियो । सामान्यतया प्रतियोगीलाई सम्झाउने सलमान यसपटक भने केही प्रतियोगीमाथि खुलेरै खनिए ।

कनिकादेखि काजी तौकीर र लभ गिलसम्मलाई उनले उनीहरूको व्यवहारको ऐना देखाए ।

सबैभन्दा बढी समय सलमानले कनिकासँग कुरा गर्न खर्चिए । काजीसँग बारम्बार बहस गर्ने र गुल्लूसँग बसेर घरका सदस्यको कुरा गर्ने गरेको भन्दै उनले कनिकालाई प्रश्न गरे ।

गुल्लू र लभले धेरै कुरा गर्दा सामान्य लाग्ने तर काजीले केही बोल्नेबित्तिकै गलत देख्ने गरेको सलमानको टिपप्णी थियो ।

कनिकाले बीचमा बोल्न खोजेपछि सलमानको स्वर झन् कडा भयो । उनले काजीसँग बहस गर्नुबाहेक अरू काम नभएको हो भन्दै प्रश्न गरे ।

आफ्नो भनाइलाई सकारात्मक रूपमा लिन सक्नुपर्ने भन्दै उनले कनिकालाई ‘कमन सेन्स’ प्रयोग गरेर कुरा बुझ्न सुझाए ।

सलमानले आफूलाई लिएर व्यंग्य नगर्नसमेत चेतावनी दिए ।

निशानामा काजी तौकीर पनि 

त्यसपछि सलमानको निशानामा काजी तौकीर परे । काजीले आफूले के बोलिरहेको छु भन्ने राम्ररी थाहा पाएर पनि दोहोरो अर्थ लाग्ने कुरा गर्ने र त्यसपछि सजिलै उम्किने गरेको उनले बताए ।

‘लभ डे’को प्रसंग निकाल्दै सलमानले आफूअनुकूल परिस्थिति हुँदा सबै ठीक मान्ने तर कुरा आफ्नो पक्षमा नहुँदा फरक व्यवहार गर्ने गरेको बताए । यस्तो व्यवहार पटक-पटक गर्न नसकिने उनको भनाइ थियो ।

लभ गिलसँग कुरा गर्दा पनि सलमान नरम भएनन् । ‘लभ डे’देखि स्काउटसँग जोडिएको घटनासम्मको प्रसंग निकाल्दै उनले अरूले सम्झाएपछि मात्रै लभले परिस्थितिको गम्भीरता बुझ्ने गरेको बताए ।

माहीलाई सजिलै रिस उठ्ने थाहा पाएर उनलाई इरिटेट गर्दै रमाइलो गरेको भन्दै सलमानले लभलाई ‘ड्रामेबाज’समेत भने ।

यस्तै, अरिश्फा खानलाई भने सलमानले प्रतिक्रिया दिँदा आफ्नो भाषा र शब्द छनोटमा ध्यान दिन सुझाए । उनको बोल्ने शैलीकै कारण कतिपय अवस्थामा उनी आफैं गलत देखिने गरेको सलमानको भनाइ थियो ।

यसरी यसपटकको ‘वीकएन्ड का वार’ केवल मनोरञ्जनमा सीमित रहेन । सलमानले घरभित्रका सम्बन्ध, बोली र व्यवहारमाथि एक-एक गरी प्रश्न उठाए ।

कसैलाई सम्झाए, कसैलाई झपारे र कसैलाई आफ्नै व्यवहारमाथि सोच्न बाध्य बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?