News Summary
Generated by OK AI. Editorially reviewed.- ‘बिग बोस २०’ को दिवाली विशेष ‘वीकेंड का वार’ मा मोहित चौहान, हार्डी सन्धु, गौरव गुप्ता, करण जोहर र जैस्मिन स्यान्डलस पुगेका थिए ।
- प्रोमोमा लव गिलले स्काउट ओपीलाई ब्रेसलेट दिँदै, ‘म एक बहिनीका रूपमा तिमीलाई यो ब्रेसलेट दिन चाहन्छु’ भनेकी छन् ।
- लवको अभिव्यक्तिपछि स्काउट ओपीसँगको उनको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढेको छ ।
भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ ।
सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान खिचेको छ ।
शोमा लव गिलले स्काउट ओपीसँगको आफ्नो सम्बन्धलाई लिएर खुलेर बोलेकी छन् । उनले स्काउटलाई ब्रेसलेट दिँदै आफूले उनलाई बहिनीका रूपमा स्वीकार गरेको संकेत गरेकी छन् ।
लवको यो अभिव्यक्तिपछि उनीहरूको सम्बन्धलाई लिएर भइरहेको चर्चा थप चुलिएको छ ।
दिवाली विशेष ‘वीकेंड का वार’ मा कलाकारको जमघट
‘बिग बोस २०’ को पछिल्लो ‘वीकेंड का वार’ दिवाली विशेष बनेको थियो । यस अवसरमा शोमा विभिन्न कलाकार तथा गायक पुगेका थिए । उनीहरूले दर्शक, प्रतियोगी र सलमान खानलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मोहित चौहान, हार्डी सन्धु, स्ट्यान्डअप कमेडियन गौरव गुप्ता, करण जोहर र जैस्मिन स्यान्डलस पुगेका थिए । उनीहरूको प्रस्तुतिले दिवालीको माहोललाई थप रमाइलो बनाएको थियो ।
तर, मनोरञ्जनसँगै शोमा लव गिल र स्काउट ओपीको सम्बन्धले पनि विशेष चर्चा पायो ।
ब्रेसलेट दिँदै लवले भनिन्, ‘मलाई तेरो बारेमा सबै थाहा छ’
‘बिग बोस २०’ को नयाँ प्रोमोमा लव गिल र स्काउट ओपीबीचको भावनात्मक क्षण देखाइएको छ । लवले स्काउटलाई ब्रेसलेट दिँदै आफूले उनलाई बहिनीका रूपमा स्वीकार गरेको बताएकी छन् ।
प्रोमोमा लव भन्छिन्, ‘एउटा पर्व अझै बाँकी छ, त्यो राखीको । म एक बहिनीका रूपमा तिमीलाई यो ब्रेसलेट दिन चाहन्छु । दुनियाँले हाम्रो बारेमा जे भने पनि मलाई तिम्रो बारेमा सबै थाहा छ । हामी मानिसहरूको सोच बदल्न सक्दैनौं। मलाई तिमीमाथि विश्वास छ र तिमीप्रति गर्व छ ।’
लवको यो भनाइले उनीहरूबीचको सम्बन्धलाई नयाँ अर्थ दिएको छ । यसअघि पनि उनीहरूको सम्बन्धलाई लिएर शोभित्र र बाहिर चर्चा हुँदै आएको थियो ।
लव गिलले स्काउटलाई ब्रेसलेट दिएर आफ्नो सम्बन्धबारे बोलेको प्रोमो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा बढेको छ । दर्शकहरूले उनीहरूको सम्बन्धलाई लिएर विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
शोमा प्रतियोगीहरूबीचको सम्बन्ध, विश्वास र भावनात्मक उतारचढावले ‘बिग बोस २०’ लाई थप रोचक बनाइरहेको छ । लव र स्काउटको यो क्षणले पनि शोमा नयाँ चर्चा जन्माएको छ ।
प्रतिक्रिया 4