+
+
Shares

सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १२:१८

२३ कातिक, सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न ६ स्थानमा छापा मारेर जुवातास खेलिरहेका ५५ जनालाइ पक्राउ गरेको छ । र उनीहरूबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नगद सहित पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार आइतबार राती गोप्य सूचनाका आधारमा प्रहरीले वीरेन्द्रनगरका विभिन्न वडा क्षेत्रमा छापा मारेको थियो । सोही क्रममा नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ (नेपाली २१ हजार बराबर) सहित कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा खेल्न प्रयोग गरिएको ५२ पत्तिको ५३ गड्डी ताससमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको एसएसपी घर्तीले जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाको कमान्डमा खटिएको टोलीले ठुलो सङ्ख्यामा जुवातास खेलिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?