+
+
Shares

पोखराले टस जितेर कर्णालीविरुद्ध ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १२:१९

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ ।

पोखराले यस सिजन पहिलो पटक डे म्याच खेल्दैछ ।

पोखराले तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनन्जय लक्षण पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै कर्णालीले दुई परिवर्तन गरेको छ । हुसेन तलतको स्थानमा जिशन आलम र युनिश विक्रम शाही ठकुरीको स्थानमा युवराज खत्रीले पहिलो रोजाईँमा खेल्दैछन् ।

लगातार चार खेल हारेर पोखरा पहिलो जितको खोजीमा छ ।

चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको कर्णाली तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?