+
+
Shares

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १४:१७

१३ मङ्सिर, पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।
सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उहाँले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन्।

पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ । पुल निर्माणको प्रगतिबारे जानकारी लिन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए । पुल रु २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?