+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको जित

२०८३ मंसिर  १३ गते १६:५४ २०८३ मंसिर १३ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
  • कालुङ्चोक मैदानमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै अलआउट भयो।
  • लुम्बिनीका निर्मल गुरुङले ३३ रन बनाएर दुई विकेट लिए, अजय चौहानले तीन विकेट लिए।

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ ।

आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो ।

कर्णालीका दिनेश रावतले २५ र अरविन्द घर्ती मगरले २३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । नियमित अन्तरालमा विकेट गुमाएको कर्णाली ९६ रनमै अलआउट भयो ।

लुम्बिनीका अजय चौहानले २१ रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङले १८ रन दिएर दुई विकेट हात पारे । ब्याटिङमा सर्वाधिक रन बनाएका निर्मल बलिङमा पनि चम्किएपछि लुम्बिनीले सहज जित निकालेको हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो । उसका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । २२ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । युवराज शर्माले २८ बलमा २६ रन जोडे ।

कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई विकेट लिए । राजकुमारले अन्तिम ओभरमा दुई विकेट लिँदै लुम्बिनीको रन गति रोक्ने प्रयास गरेका थिए ।

१०औँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय