News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमको चौरजहारीमा भएको १०औँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ८० केजीमाथि शारीरिक सुगठनमा रिचर्ड तामाङले रजत पदक जितेका छन्।
- त्रिभुवन आर्मी क्लबबाट खेलेका तामाङ काठमाडौंमा आफ्नै जिम व्यवसाय सञ्चालन गर्दै आएका छन्।
- उक्त विधामा कोशी प्रदेशका ललित धिमालले स्वर्ण र गण्डकीका युक्त राज दुराले कांस्य पदक जिते।
१३ मंसिर, काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रिचर्ड तामाङले शारीरिक सुगठनमा रजत पदक जितेका छन् ।
रुकुमको चौरजहारीमा भएको शारीरिक सुगठनअन्तर्गत पुरुष ८० केजीभन्दा माथिको तौल समूहको प्रतिस्पर्धामा तामाङले रजत पदक जितेका हुन् ।
उनले त्रिभुवन आर्मी क्लबबाट १०औं राष्ट्रिय खेलकुद खेलेका थिए । युवा उद्यमीसमेत रहेका तामाङ काठमाडौंमा आफ्नै जिम व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उक्त विधामा कोशी प्रदेशका ललित धिमालले स्वर्ण र गण्डकीका युक्त राज दुराले कांस्य पदक हात पारे ।
प्रतिक्रिया 4