सलमान खान
९ मंसिर, लुम्बिनी । श्रीलंकाका राष्ट्रपति राजपाक्ष लुम्बिनी आइपुगेका छन् । राजपाक्षलार्इ खेलकुद मन्त्री पुरूषोत्तम पाैडेल र लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेको अनलार्इनखबरकर्मी सलमान खानले जनाएका छन् ।
श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षको स्वागतका लागि लुम्बिनीको मायादेवी मन्दिरमा नागरिक अभिनन्दनको तयारी गरिएको छ । उनले मायादेवी मन्दिरमा करिब २० मिनेट पूजाआजा गर्नेछन् ।
राष्ट्रपति राजपाक्षको आगमनलार्इ मध्यनजर गरी लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पास विनाका सवारी साधनहरु चल्न दिइएका छैनन् ।
मन्दिर दर्शनका लागि आएका पर्यटकलाई भैरहवास्थित एयरपोट चोकमै रोकिएको छ ।
भारतसँगका सीमा नाकाहरु एकतर्फीरुपमा बन्द गरिएका छन् । नेपालबाट भारत जान छुट छ । तर, भारतबाट नेपाल छिर्न रोक लगाइएको छ ।
राजापाक्षको लुम्विनीमा करिब २ घण्टाको कार्यक्रम छ । नेपाल सरकारले सहयोगका लागि राजापाक्षसँग परराष्ट्र मन्त्रालयका उप-सचिव घनश्याम भण्डारीलाई खटाएको छ ।
यो पनि पढ्नुहोस्