Comments Add Comment

सल्यानमा जीप दुर्घटना, एकको मृत्यु

२९, मंसिर, सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

दाङको तुलसिपुरबाट सल्यान रीम आउँदै गरेको जीप आइतबार साँझ सात बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परी रीम चार सल्यानका खगीलाल खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्यको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

रा २ ज ५०६ नम्बरको यात्रुबाहक जीप दाङ सल्यान रुकुम सडक खण्ड अन्तर्गत कपुरकोट नजिक चोरखोला भन्ने स्थानमा सडकबाट करिव ७० मिटर तल छाँगामा खसेको छ ।

शंकर केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment