+
+

सरकारी जागिरेको उमेर हद बढाउने प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते ८:०५

१० पुस, काठमाडौ । विभिन्न राजनीति दलका सभासद्हरुले सरकारी जागिरको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउनुपर्ने लोकसेवा आयोगको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा आयोगका पदाधिकारीहरुलाई सभासद्हरुले बजारमा सूचना प्रविधिको पर्याप्त ज्ञान भएका युवा पुस्ता बेरोजगार रहेकाले उनीहरुलाई सरकारी सेवामा स्थान दिनका लागि पनि उमेरहद बढाउन नहुने सुझाव दिएको नेपाल समाचारपत्रमा खबर छ ।

आयोगका सचिव विष्णु लम्सालले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ बाट ६० पुर्‍याउनुपर्ने आयोगको सुझाव सिफारिसको कार्यान्वयन नभएको जानकारी दिए ।

सांसदहरुले सरकारी सेवामा उमेरहद घटाउनुपर्ने सुझाव राखेका सम्बन्धमा आयोगका सदस्य टीकादत्त निरौलाले भने अहिले नेपालीको औसत आयु बढ्नुका साथै नागरिकप्रतिको राज्यको दायित्वलाई कम गर्न पनि उमेर हद बढाउनुपर्ने प्रस्ताव गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?