Comments Add Comment

दुर्घटनामा परेको एयर एसिया विमानको उडान अनुमति थिएन

Air-Asia
१९ पुस, काठमाडौं । एयर एसियाको दुर्घटनाग्रस्त विमानलाई उडान अनुमति नभएको खुलासा भएको छ । अनुमतिविना इन्डोनेसियाको सुरबायाबाट सिंगापुरका लागि उडेको विमान जाभा समुद्रमा गत आइतबार दुर्घटना भएको थियो ।
जबर्जस्ती विमान उडाइएको भन्दै इन्डोनेसिया सरकारले सुराबायाबाट सिंगापुर जाने एयर एसियाका सबै विमानको उडान रद्ध गरिदिएको छ ।
१६२ यात्रु सवार क्यू जेड ८५०१ विमान गत आइतबार वेपत्ता भएको थियो । सो विमान जाभा समुद्रमा खसेको पत्ता लागेपछि उद्धार कार्य जारी राखिएको छ ।
हालसम्म समुद्रबाट ३० शव निकालिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment