+
+

सोमबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २१ गते ८:१४

राजधानीबाट सोमबार प्रकाशित भएका आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले १० वर्षमा २५ लाख पर्यटक भित्राउने लक्ष्य, हचुवामा पीपीए गर्ने परिपाटी हट्यो, बैंकमा तरलता समस्या लगायतका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा ऐन प्रष्ट नहुँदा स्थानीय कर उठेन, १० वर्षमा २५ लाख पर्यटक भित्राउने लक्ष्य, ऐन संशोधन भए सबैजसो ‘प्लस टु’ संकटमा, नेपाली कन्सर्टबाटै डेढ करोड, रजिस्ट्रेसन र सवारी कर दोब्बर बढ्यो, नेप्से १३ अंकले बढ्यो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा बैंकमा तरलता समस्याः सरकारीमा धेरै निजीमा कम, २५ मेगावाट माथिका आयोजना पीपीए दर सिफारिस, पर्यटन बोर्डमा सदस्य नियुक्त गर्न सिफारिस समिति, मौरीपालक संघको आन्दोलनको चेतावनी, दस वर्षमा पर्यटन क्षेत्रको आम्दानी तीन खर्ब लगायतका खबर छन् ।

नागरिक दैनिकमा हचुवामा पीपीए गर्ने परिपाटी हट्यो, कवाडी जहाज ‘नियमविपरित दर्ता’, महलाई प्राथमिकता नदिए आन्दोलन गर्ने चेतावनी, राजस्व लक्ष्य भन्दा बढी, वाणिज्य बैंकको कर्जा बढाउने योजना, चितवन महोत्सवमा कार्यक्रम थप, उडानको जानकारी एसएमएसबाट लगायतका खबर छन् ।

अभियान दैनिकमा दुसित थानी पुनः नेपाल आउँदै, सिण्डिकेट उन्मूलन गरिछाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता, दश वर्षे पर्यटन गुरुयोजना तयार, भारतमा साइबर अपराध दुई गुणा बढ्ने अनुमान लगायतका खबर छन् ।

आर्थिक दैनिकमा मेलम्ची खानेपानी आयोजनामा ५० प्रतिशत जनशक्ति थप्न सुझाव, ३५किलो सुन पक्राउमा प्रतिवेदक प्रहरीको नामसमेत नक्कली, स्टक एक्सचेन्जको चरम लापरबाही, सर्वोच्च अदालतबाट गैरसरकारी संस्था हटाउन माग, आगलागीबाट करोडौंको क्षति लगायतका खबर छन् ।

arthik-eco

aviyan-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?