Comments Add Comment

‘सुन्तली’ प्रियंकाको यस्तो रुप

priyanka-karki
नायिका प्रियंका कार्कीका लागि फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुन्तली’ विशेष छ । कारण, उनलाई नै शिर्ष भूमिकामा लिएर निर्माण गरिएकाले पनि चलचित्रको व्यापारले प्रियंकाको करिअरलाई धेरै असर पार्दछ । प्रियंका यतीबेलाकी हट केक नायिका हुन् ।

भाष्कर ढुंगानाले निर्देशन गरेको यो चलचित्रमा कर्मा, अर्पण थापा पनि मुख्य भूमिकामा छन् । चलचित्र ‘सुन्तली’लाई क्वेष्ट इन्टरटेन्मेन्टले निर्माण गरेको हो । यो चलचित्रलाई निर्माणपक्षले एक फरक प्रयोग पनि भनेको छ । priyanka-kari-1

यसअघि चलचित्र ‘कागबेनी र सानो संसार’ निर्माण गरेको क्वेष्ट इन्टरटेन्मेन्टले ‘सुन्तली’लाई व्यापारका लागि भन्दा पनि प्रयोगका लागि निर्माण गरेको बताइएको छ । चलचित्रमा गरिएको नयाँ प्रयोगलाई दर्शकले रुचाएमा आफूहरु सफल हुने विश्वास निर्देशक ढुंगानाको छ ।

हालै मात्र ‘वुसान फिल्म फेस्टिबल’मा रुचाइएको यो चलचित्र नेपाली दर्शकका लागि पनि नयाँ स्वाद हुने विश्वास गरिएको छ । चलचित्रको ट्रेलर र ‘पानी विना’ बोलको गीत रुचाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment