
‘किङफिसर सुपरमोडल’को दोश्रो संकरणकी विजेता नेपाली मोडल आस्था पोख्रेल ‘टाइम्स मोस्ट डिजायरेवल अफ फेम’को उत्कृष्ट ५० को सूचीमा परेकी छिन् ।
उनीसँगै बलिउडका चर्चित नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोपडा, कट्रिना कैफ, कंगना रनावत, सोनम कपुर, आलिया भट्ट, यमी गौतम लगायत यो सूचीमा परेका छन् ।
यो सूचीमा बलिउडका चर्चित नायिकाहरु विद्या बालन, करिना कपुर पर्न सकेका छैनन् । नेपाली मूलकी नायिका गिताञ्जली थापाले पनि यो सूचीमा आफ्नो स्थान बनाएकी छिन् ।
अब उत्कृष्ट ५० बाट टप १० को नाम निकालिने छ । एसएमएस भोटिङ र आन्तरिक मुल्यांकनका आधारमा उत्कृष्ट १० को नाम निकालिने छ । गतबर्ष यो सूचीको नम्बर १ मा बलिउड नायिका दीपिका पादुकोण थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4