Comments Add Comment

फ्रेस फेस : ‘मेरो ब्रेष्ट सेक्सी, घुमाउरो शैलीमा सेक्स प्रस्ताव आयो’ : सोनु केसी(भिडियोसहित)

Sonu KC (5)

नेपाली चलचित्रमा स्टार बन्ने सपना बोकेर आउने यूवा-यूवतीहरुको यहाँ अभाव छैन । पर्दामा चमकता देखेर, मिडियामा अरुको चर्चा हेरेर आफू पनि यस्तै बन्छु भनेर आउनेहरुको यहाँ भिड नै लाग्छ । तर, सफलताको पाइला भने धेरै कमले मात्र पाएका छन् ।

सानैबाट नायिका नम्रता श्रेष्ठलाई पर्दामा देखेर स्टार बन्ने सपना बोकेकी यूवती हुन्, सोनु केसी । उनलाई नम्रता जस्तै बन्ने  सपनाले यो रंगिन दुनियाँमा तानेको हो ।

सोनुसँग अनलाइनखबरले गरेको भिडियो कुराकानी हेर्नुहोस्

आजसम्म उनले कुनै चलचित्रमा अभिनय गर्ने मौका पाएकी छैनन् । तर, एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा काम गरेकी सोनुलाई लाग्छ, उनी स्टार बन्न योग्य छिन् ।

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै उनले भनिन्-‘ममा डान्स, अभिनय सबै छ । राम्रो चलचित्रको पर्खाइमा छु ।’ नेपाली चलचित्र भित्र राम्रा र खराब दुबै मानिस भएकाले पनि छानेर काम गर्नुपर्ने उनले सुनाइन् । नाम नखुलाउने शर्तमा उनले एक निर्माताले आफूलाई चलचित्र खेल्नका लागि केही दिन काठमाण्डौ बाहिर गएर बस्ने आग्रह गरेको खुलाइन् । तर, उनको प्रस्तावलाई आफूले अस्विकार गरेपछि चलचित्र नपाएको उनले बताइन् । (तस्बिरपछि पनि समाचार जारी छ । )Sonu KC (2)

उनले नायक आर्यन सिग्देलसँग पर्दामा रोमान्स गर्न मन लागेको समेत बताइन् । आर्यन चकलेटी भएको र उनको आवाज राम्रो भएकाले काम गर्न मन लागेको उनले बताइन् । बलिउडमा भने उनी बरुण धवनको फ्यान हुन् । (तस्बिरपछि पनि समाचार जारी छ । )Sonu KC (1)

आफूसँग खुबी भएकाले कुनै न कुनै राम्रो मान्छेले आफू माथि लगानी गर्ने उनको दाबी छ । उनले आफ्नो आँखा र ब्रेष्ट खुबै सेक्सी रहेको समेत दाबी गरिन् ।

म्यूजिक भिडियो खेल्दा आफूले खासै संघर्ष गर्नु नपरेको उनको भनाई छ । लभस्टोरी चलचित्र पाएको खण्डमा आफूले गर्न सक्ने सोनुको भनाई छ ।Sonu KC (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment