+
+

बालुवाटारमा ‘वार्ताका लागि वार्ता’को तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ३० गते १२:२०

३० फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र सत्तापक्षवीच शनिबार बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता हुँदैछ । तर, वार्ताले निकास निकाल्नेमा सत्तापक्ष र प्रतिपक्ष दुबै विश्वस्त छैनन् ।

फाइल तस्वीर
फाइल तस्वीर

‘सत्तापक्ष अझै गम्भीर देखिएको छैन, त्यसैले आजको वार्ताबाट निकास निस्कनेमा हामीलाई विश्वास लागेको छैन” एमाओवादीका एक नेताले भने,’आज वार्ताका लागि वार्ता होलाजस्तो छ, सत्ता पक्षले हाम्रो आवाज सुनेन भने आइतबार बस्ने ३० दलीय मोर्चाको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गर्छ ।’

उता सत्ता पक्षका नेताहरु पनि विपक्षी दलले जातीय प्रदेशको माग गरेको भन्दै विपक्षीकै कारण सहमति हुने सम्भावना कम रहेको दाबी गर्छन् । यद्यपि आफूलाई वार्ता र सहमतिविरोधी नदेखाउन सत्तापक्ष र प्रतिपक्ष दुबै सतर्क देखिएका छन् ।

किन मिलेन कुरा ?

सत्तापक्ष र विपक्षी ३० दलीय मोर्चाका नेताहरु पछिल्लोचोटि गत विहीबारदेखि सहमति जुटाउने प्रयासमा लागेका थिए । अघिल्लो साता आयोजित बैठकमा सहमति नजुटे पनि अनौपचारिक वार्ताहरु धेरैवटा भएका थिए ।

विहीबार बालुवाटारमा कांग्रेस र एमाओवादीका नेताहरुवीच वार्ता भएको थियो । सोही दिन एमाले र कांग्रेसका नेतावीचमा पनि छलफल भएको थियो ।

शुक्रबार ओली निवास बालकोटमा एमाले र एमाओवादी नेताहरुवीच वार्ता भएको थियो । सोही दिन बालुवाटारमा नेपाली कांग्रेस र मधेसवादी नेताहरुले छलफल गरेका थिए ।

बालुवाटारको छलफलमा कांग्रेस नेताले मधेसवादी नेताको कुरा सुनेको राजेन्द्र महतोले बताएका थिए । सो छलफलमा मधेसी जनअधिकार फोरम नेपालमा उपेन्द्र यादव गएका थिएनन् ।

त्यसैगरी शुक्रबार बालकोटमा भएको एमाले र एमाओवादी नेतावीचको छलफलमा संघीयता र प्रदेशहरुकै विषयमा कुरा नमिली नेताहरु उठेका थिए ।

आज हुने भनिएको वार्तामा तराईका पाँच जिल्लाको विवाद मुख्यरुपमा उठ्ने र प्रदेशहरुको संख्या र नामबारे सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान थयावत राख्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

सहमति नभएको अवस्थामा विपक्षी दलहरु आन्दोलनमा जाने तयारीमा छन् भने सत्तापक्ष चाँहि संविधानसभामा रोकिएको प्रक्रियालाई अघि बढाउने पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?