+
+

ईनास म्युजिकल ब्याण्ड स्पेनको पहिलो  भिडियो सार्वजनिक

बार्सिलोना । मेरो गाउ, मेरो ठाउँ, कस्तो भयो होला नेपाल मेरो गाउँ, जन्म दिने बाबु आम जन्मिएको ठाउँ
प्रबासमा रहेका नेपालीहरुलाई आफ्नो गाऊ ठाउँको यादले औधी सताउने गर्छ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १७ गते १३:३७

inas musical band-spain

वसन्त रानाभाट

बार्सिलोना । मेरो गाउ, मेरो ठाउँ, कस्तो भयो होला नेपाल मेरो गाउँ, जन्म दिने बाबु आम जन्मिएको ठाउँ प्रबासमा रहेका नेपालीहरुलाई आफ्नो गाऊ ठाउँको यादले औधी सताउने गर्छ। गाउँबेशीको सम्झनामा मन बहकिँदा आँखाबाट आशु झर्न शुरु हुन्छ, त्यसैमा केश फुलेका बुढा बाबा- आमाको सम्झना आउदा त मन नै भक्कानिन्छ।

यस्तै भाबाना समेटिएको करिब २३ मुलकमा रहेका नेपालीहरुले “वी लभ नेपाल” लेखेको व्यानरका दृश्यहरु एकै ठाउमा सम्पादन गरेर ईनास म्युजिकल ब्याण्ड स्पेनले आफ्नो पहिलो म्युजिक भिडियो सार्बजनिक गरेको छ।

बेलायत, क्यानाडा, अमेरिका, बेल्जियम, जर्मन, जापान, कोरिया, ईजरायल, अस्ट्रेलिया, मलेसिया, कतार, साउदी अरेबिया, कुबेत लगायत खाडी मुलुकहरुबाट पनि नेपालीहरुले भिडियो मार्फत देशको सम्झना गरेका छन्।

प्रबासमा रहेका नेपालीहरुलाई जुन मुलुकमा आफु रहे पनि देशको माया उत्तिकै हुन्छ त्यसैले भिडियोमा हामीले नयाँ प्रयोग गर्न खोजेका हौ,ब्याण्डका भोकलिस्ट तुलसी शिवाकोटीले भने,” बिदेशमा रात दिन नभनी काम गरेर बचेको समयलाई नेपाली संगीत प्रति लगाएका छौ। गीत रेकर्ड पनि बार्सिलोना नै गरेका हौ नेपाली संगीत प्रति चासो र रुचि भएकाले यो हाम्रो प्रयास मात्र हो ।”

ईनास ब्याण्डले मुहार एल्बम नै ल्याउने तयारी गरेको छ। गायक शिवाकोटीका अनुसार अन्य चार बटा गीतहरु पनि तयार भईसकेका छन्। भिडियोमा स्पेन स्थित नेपाली बालबालिकाहरुलाई पनि नेपाली पोशाक सहित प्रस्तुत गरिएको छ।

हेर्नुहाेस् भिडियाेः

टोपी, नेपाली झण्डासहित “आई लभ नेपाल” भन्दै उनीहरु रमाएका देखिन्छन्। ब्याण्ड मेम्बर संजय बिक्रम शाहको कन्सेप्ट र निर्देशनमा भिडीयो तयार भएको हो। अन्य सदस्यहरु अनिनाश सिंह, बिपिन गुरुङ र सुरज मैनालीले पनि साथ दिएका छन्। थाइल्याण्डमा रहेका खगेन्द्र पाठक लिम्बुले भिडियो सम्पादन गरेका हुन्।

यसैबीच ईनास ब्याण्डले बार्सिलोनामा एक कार्यक्रमको आयोजना गरि भिडियो सार्बजनिक गरेको हो । कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरु,अभिनय गर्ने बालबालिकाहरु लगायत कलाकारहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?