+
+

भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८८५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २५ गते १०:४४

२५ वैशाख, काठमाडौं । भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ८८५ पुगेको छ भने १५ हजार ९४४ जना घाइते भएका छन् । यो संख्या नेपाल प्रहरीले उपलब्ध गराएको शुक्रबार विहान १० बजेसम्मको हो ।

Pashupati-3

सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ३ हजार ३५ जनाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौंमा १ हजार २१०, नुवाकोटमा ९५०, धादिङमा ७०२, रसुवामा ४५९, गोर्खामा ४१२ र काभ्रेमा ३१७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै भक्तपुरमा ३१४, ललितपुरमा १७४, दोलखामा ७५, मकवानपुरमा ३३, रामेछापमा २७, सोलुखुम्बुमा २२, ओखलढुंगामा १९ र सिन्धुलीमा १० जनाको मृत्यु भएको छ ।

१०६ शव सनाखत भएन

७ हजार ८८५ मृतकमध्ये ७ हजार ७७९ शव आफन्तको जिम्मा लगाइएको छ । १०६ शव बुझाउन अझै बाँकी छ ।
शवहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।

३६६ जना सम्पर्कविहीन

भूकम्पमा परी ३६६ जना सम्पर्कविहीन छन् । २५५ जना नेपाली र २११ जना विदेशी नागरिक हराइरहेका छन् । हराइरहेकामध्ये एक जना नेपाल प्रहरीका छन् ।

हालसम्म काठमाडौंमा उपत्यकामा १ हजार ६८३, पूर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५ हजार ६६२, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जनाको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गइ सूचना दिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?