+
+

बिहीबार ५ अर्बको विकास ऋणपत्र जारी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २८ गते १३:४२

NRB-Photo२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । उक्त ऋणपत्रमा दिउँसो तीनबजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

असार १ गतेदेखि गणना भएर नौ वर्षे समयावधि रहेको यो ऋणपत्रको व्याजदर भने बोलकबोलमा परेको सबैभन्दा दरलाई नै तोकिने छ ।

अनलाइनबाट पनि आवेदन दिन सकिने यो ऋणपत्रको बाँडफाँट शुक्रबार हुनेछ । न्यूनतम ५० हजार रुपैयाँ बराबरको माग आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्रको व्याजदर प्रत्येक ६ महिनामा प्रदान गरिनेछ । उक्त व्याजदरमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

यसिअघि राष्ट्र बैंकले जारी गरेको ६ वर्षे विकास ऋणपत्रमा ३७ अर्ब रुपैयाँको माग आवेदन परेको थियो । सो ऋणपत्रमा बोलकोलका अाधारमा ३.४४ प्रतिशत व्याजदर निर्धारण भएको थियो ।

बैंकिङ प्रणालीमा झन्डै १ खर्ब रुपैयाँ अधिक तरलता भएकाले बिहीबार जारी ऋणपत्रमा पनि मागभन्दा अत्यधिक धेरैको आवेदन पर्ने अनुमान गरिएको छ ।

भूकम्पले पुर्याएको क्षतिको पुनसंरचनाका लागि सरकारले यो आर्थिक वर्षको अन्त्यसम्ममा ५३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि नै साढे ७ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री गरिसकिएको छ ।

राष्ट्र बैंकले जेठ १२ गतेदेखि २६ गतेसम्म बिक्री खुल्ला गरेको ३ अर्ब ५० करोड रूपैयाँ बराबरको बचतपत्रमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको आवेदन परेको ।

सम्बन्धित समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?