+
+

जनसम्पर्क समिति स्पेनको स्मारिका प्रकाशित

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले बिचार,लेख रचनालाई समाबेश गर्दै पहिलो पटक स्मारिका प्रकाशित गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते ११:२८

वसन्त रानाभाट

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले बिचार,लेख रचनालाई समाबेश गर्दै पहिलो पटक स्मारिका प्रकाशित गरेको छ। स्पेनका गतिबिधिहरुलाई समेटेर ६८ पृष्ठ लामो स्मारिका प्रकाशित गरिएको छ । नेपाली काग्रेसका सभापति एबं प्रधानमन्त्री सुशील कोईरालाले स्मारिका प्रकाशित गरेकोमा खुशी ब्यक्त गरेका छन् ।

spain-bookप्रधानमन्त्री कोईरालाले नेपालको प्रर्यटन बिकासमा स्पेनबाट गर्न सकिने सहयोग र समग्र युरोपसँग नेपालको सम्बन्ध सुमधुर बनाउनेजस्ता बिषयहरु स्मारिका भित्र समेटिने बिश्वास समेत ब्यक्त गरेका छन्।

स्मारिकामा नेपाली जनसम्पर्क समितिको ईतिहास,भूगोलमा स्पेन,स्पेनमा ब्यबसाय, सम्भावना र चुनौतीहरु, गैरआवासीय नेपाली संघ स्पेनको स्थापनाबारे जानकारीसहितका लेख,रचना तथा विचारहरुलाई समाबेश गरिएको छ।

यसैबीच, समितिले बुधबार बार्सिलोनामा एक कार्यक्रमको आयोजना गर्दै स्मारिकाको बिमोचन गरेको छ। समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीको भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सल्लाहकार पुष्पराज तिमिल्सिना, सदस्य दीपक खरेल, राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्मारिका प्रकाशित भएकोमा खुशी ब्यक्त गर्दै शुभकामना दिएका थिए।

समितिका उपाध्यक्ष बिष्णु रिजालको संयोजन तथा सम्पादनमा प्रकाशित स्मारिका प्रकाशन मण्डलको सदस्यहरुमा रामप्रसाद सापकोटा (बिराज),सन्तोष श्रेष्ठ,हिरालाल सापकोटा (डायमण्ड), बिनोद लामिछाने,सुबास बहादुर बिष्ट,र सुनिता सुबेदी कोईराला रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?