१४ असार, काठमाडौं । माछापुच्छ्रे बैंक आफ्नो ७०औं एटिएम सेवा नवलपरासीको सदरमुकाम परासीबजारमा सुरु गरेको छ ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारेावार शुरु गरेको यस बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आˆनै एटिएमको संख्या ७०ं पुगेको छ ।
२ अर्ब ७७ करोड ६२ लाख चुक्ता पुँंजी रहेको यस बैकले २०७१ साल चैत मसान्त गते सम्ममा ४१ अर्ब ५२ करोड निक्षेप परिचालन गरी ३५ अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड १ लाख खुद नाफा आर्जन गरेको छ ।
यस बैकको एटिएममा यस बैंकबाट जारी भएका भिसा कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहकले कुनै पनि शुल्क तिजर्नु पर्दैन । यस बैकको एटिएम मा एससीटी तथा नेशनल पेमेन्ट नेटवर्कका कार्डहरुका अतिरिक्त अन्तरराष्ट्रिय मान्यता प्राप्त कार्डहरु भिजा कार्ड, भिजा इलेक्ट्रोन, भिजा प्लससमेत प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले जारी गरेका कार्डहरु भारतमा समेत प्रयोग गर्न सकिन्छ ।