१९ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधान निर्माणका सन्दर्भमा गरिएको १६ बुँदे सहमति बाध्यताको सहमति भएको बताएका छन् ।
काठमाडौं उपत्यकास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा भट्टराईले १६ बुँदे सहमतिमा धेरै कुरा गुमाएको बताए । धेरै कुरा गुमाउँदा-गुमाउँदै पनि अहिलेको परिस्थितिमा सहमपित नगर्दा झन् बढी मूल्य चुकाउनुपर्ने पनि उनको भनाइ थियो । अहिलेको सहमतिमा नअडिने हो भने संविधानसभा असफल हुने र ठूलो क्षति व्यहोर्नुपर्ने पनि उनले बताए ।
जनतामा गएर पुनः संवाद समितिमा र्फकने र छलफलको क्रममा केही संशोधन गर्ने ठाउँ अझै रहेको नेता भट्टराईले बताउए । संवाद समितिपछि संविधानसभामा पनि संशोधन दर्ता गरेर पनि केही प्रावधान संशोधन गर्न सकिने भएकाले संघर्ष जारी राख्नुपर्ने पनि उनले बताए ।
तर, संशोधन गर्न नसकिए पनि अहिले फरक मत राखेरै भए पनि संविधान चाहिँ जसरी पनि बनाउनुपर्नेमा भट्टराईले जोड दिए ।