+
+

पूर्व मुमा बडामहारानी रत्न चार महिनापछि पाल छाडेर घरमा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते ७:२८

४ भदौ, काठमाडौ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह चार महिनापछि पाल छाडेर घर फर्किएकी छन् ।
८९ वर्षकी रत्नलाई भेट्न हरेक दिन एक जना आफन्त पुग्ने गरेका छन् । उनलाई भेट्न राजपरिवार सदस्यहरु बारंबार भेट्न जाने गर्छन् ।

RATNA-RAJYA-LAXMI-DEVI-SHAHवैशाख १२ गते आएको भूकम्पले आफू बस्दै आएको नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिल क्षतिग्रस्त भएपछि श्रीमान् एवम् पूर्वराजा महेन्द्रले भजनकीर्तन गर्न बनाएको भजन घरमा पाल लगाएर बस्ने गरेकी उनी कहिल्यै छोराको घर निर्मल निवासमा बस्ने चाहना गरिनन्, नेपाल समाचारपत्रमा खबर छ ।

जे भए पनि त्यहि घरमा बस्ने अडान लिएकी उनी चार महिनापछि गएको आइतबार आफ्नो भवनमा सरेकी छन् ।
माटोले बनेको अति जिर्ण महेन्द्र मञ्जिल छाड्न नमानेकी उनको भवन पूर्व राजा ज्ञानेन्द्रले मर्मत गरी बस्न योग्य बनाइदिएका थिए ।

‘अहँ यो वर्ष पनि उनको जन्मदिन मनाउने सुरसार नै छैन’, महेन्द्र मञ्जिलका एक कर्मचारीले भने- ‘रमझम मन नपराउने भएकाले नानी बज्यैको सहारामा मात्र बस्ने रुचाउने गर्नु भएको छ । तिथिले भदौ १ गते जन्म दिन भए पनि मितिले रत्नको जन्मदिन आज हो । कोही आफन्त आउलान् अरु कोही आउनेवाला छैन ।’ रत्ना अधिकांश समय भजनकीर्तन सुनेर बस्न मन पराउँछिन् । भूकम्पले देश दुखिरहेकोले जन्मदिन नमनाउन उनले निर्देशन दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?