+
+

एक वर्षमा सवा २५ अर्बको चामल आयात, चामल आयात ५० प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते ७:२८

Rice९ भदौ, काठमाडौ । गत आर्थिक वर्षमा मुलुककै प्रमुख कृषिजन्य वस्तु चामल आयात झण्डै ५० प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार ०७१/०७२ मा ३५ अर्ब ६७ करोड बराबरको खाद्यान्न आयात भएकोमा चामलको हिस्सामात्रै २५ अर्ब २४ करोड रुपैयाँ छ ।

यो तथ्यांक ०७०/७१ भन्दा झण्डै ५० प्रतिशत बढी हो । सो वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको चामल भित्रिएको थियो । बढ्दो रेमिट्यान्सले जीवनस्तर सुधारसँगै गाउँघरका खेतीबारी बाँझो हुँदै गएकाले चामल आयात हृवात्तै बढेको जानकारहरु बताउँछन् ।
गत आवमा धान उत्पादन घटेपछि चामल आयात बढेको कारोबार दैनिकमा खबर छ ।

कृषि मन्त्रालयकाअनुसार गत वर्ष धान उत्पादन ५ प्रतिशत अर्थात करिब २ लाख ५८ हजार मेटि्रक टन घटेर ४७ लाख ८८ हजार मेटि्रक टन मात्र उत्पादन भएको थियो । ०७०/७१मा करिब ५० लाख ४७ हजार मेटि्रक टन उत्पादन भएको थियो । मनसुन ढिलो भएकाले रोपाइँ हुन नसकी खेतीयोग्य भूमि बाँझो रहेकाले उत्पादन घटेको कृषि मन्त्रालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?