३१ भदौ, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ४ का सदभावना पार्टी अध्यक्ष सुवासचन्द्र चौधरी माथि सांघातिक आक्रमण भएको छ । कपिलवस्तु थुन्हिया ८ सडवामा चौधरीकै घरमा आक्रमण भएको हो ।
गएराती ११ बजे ५ वटा मोटरसाइकल चढेर आएका युवाहरुले घरेलु हतियारसहित आक्रमण गरेका थिए । आक्रमणबाट चौधरीको हातमा चोट लागेको छ ।
आक्रमणमा संलग्नमध्ये कपिलवस्तु थन्हिया ८ सडवा निवासी ३० वर्षीय सन्तु विकलाई स्थानीयले धारिलो हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । आक्रमणकारीले प्रयोग गरेको लु ७ प ७८५९, लु १६ प ७७८६ र लु १९ प ९१९७ नम्बरको मोटरसाइकल पनि गाउँलेले नियन्त्रणमा लिएका छन् ।
प्रहरी नियनत्रणमा रहेका सन्तु विकका अनुसार शिवराज नगरपालिका ३ का २२ वर्षीय सागर पन्थ, २६ वर्षीय सतिश पाण्डे, २८ वर्षीय विनोद वि.क बढई, २२ वर्षीय विष्णु नेपालीलगातयले चौधरी माथि आक्रमण गरेका थिए । आक्रमणको कारण भने खुलेको छैन ।
दुर्घटनामा एकको मृत्यु
यसैबीच कपिलवस्तुको शिवराज नगरपालिका १० मा गत मंगलबार मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चन्द्रौटा निवासी नारायण आचार्यको विहीबार उपचारको क्रममा मृत्यु भएको छ ।
लु १३ प २७९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आचार्य घाइते भएका थिए । आचार्यको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक माधव चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।
– सनिउल्ला धोबीबाट