+

थ्रीस्टार बन्यो राष्ट्रिय लिग च्याम्पियन, एक करोड जित्यो

२०७२ असोज  ३० गते १५:५६ २०७२ असोज ३० गते १५:५६
थ्रीस्टार बन्यो राष्ट्रिय लिग च्याम्पियन, एक करोड जित्यो

Three Star win Nation League Football (6)

३० असोज, काठमाडौं । चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले मनाङलाई २-० गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ र उसले २५ लाखमा चित्त बुझाएको छ ।

दोस्रो भएको आर्मीले ५० लाख पाएको छ । शुक्रबार पुलिसलाई पराजित गर्दै आर्मीले दोस्रो स्थान पक्का गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो ।

Three Star

तर, दोस्रो हाफको सुरुमा नै थ्रीस्टारले अग्रता लियो । जगजित श्रेष्ठको पासमा ओलावलले गोल गरे । खेलको अतिरित्त समयमा विजय धिमालले गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे ।

खेलको अन्तिम मिनेट ती खेलाडीले रातो कार्ड पाए । मनाङका मौसा र सुशील केसीले रातो कार्ड पाए भने गोलस्कोरर विजयले पनि रातो कार्ड पाएका थिए ।

नवयुग श्रेष्ठ उत्कृष्ट फवार्ड

प्रतियोगितामा आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट फवार्ड घोषित भएका छन् । उनले लिगमा १४ गोल गरेका थिए ।

Kiran Limbu

थ्रीस्टारका किरण लिम्बु उत्कृष्ट गोलकिपर, झापा ११ का देवेन्द्र तामाङ उत्कृष्ट डिफेण्डर, मनाङका विसाल राई उत्कृष्ट मिडफिल्डर घोषित भए ।

थ्रीस्टारका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक बने । पाँचै जनाले मोटरसाइकल पाएका छन् ।

Three Star win Nation League Football (2)

Three Star win Nation League Football (3)

Three Star win Nation League Football (5)

Nepal Army Football team

Bishal Rai Devendra Tamang

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय