+
+

सरकार र मधेसी मोर्चाको वार्ता राजनीतिक मुद्दामा प्रवेश नै गरेन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते १५:०४

madhesi-morcha-barta

१२ कात्तिक,काठमाडौं । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार पनि सीमांकनसहितका राजनीतिक मुद्दामा प्रवेश गर्न सकेन ।

बिहीबार सरकारी र मोर्चाको टोलीबीच परराष्ट्र मन्त्रालयमा वार्ता भएको थियो । तर, सरकारी वार्ता टोलीको तयारी नपुगेको भन्दै मोर्चाको मुख्य माग सीमांकनबारे छलफल नै हुन सकेन ।

१५ गते ४ बजे सीमांकनबारे छलफल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य एवं मन्त्री रामजनम चौधरीले जानकारी दिए ।

मधेसी मोर्चाको वार्ता टोली सदस्य तमसपा वरिष्ठ नेता रामनरेश रायले सरकारी टोली तयारी विना नै वार्तामा आएको अनलाइनखबरलाई बताए । उनले भने-‘हामीले सीमांकनमा प्रष्ट धारणा लिएर आउनु भएका थियौं । तर, विभिन्न कारणले तयारी पुगेन भनेर सरकारी टोलीले भन्यो ।’

वार्तामा सरकारी टोलीमा आन्दोलनमा क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार लगायतका माग सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराएको थियो ।

वार्ताअघि बसेको राजनीतिक संयन्त्रले पूर्वसर्तहरुमा लिखित प्रतिवद्धता जनाउने अधिकार वार्ता समितिलाई दिएको थियो । तर, वार्तामा सरकारी टोलीले कुनै लिखित प्रतिवद्धता नजनाएको एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?