Comments Add Comment

भारत २१५ मा अलआउट, दक्षिण अफ्रिकाको खराब सुरुवात

India-vs-South-Africa

९ मंसिर, काठमाडौं । नागपुर टेष्टमा भारतलाई पहिलो इनिङमा २१५ रनमा समेटेको लक्षिण अफ्रिकाले पहिलो दिनको खेल सकिँदा मात्र ११ रन जोड्दा २ विकेट गुमाएको छ ।

ओपनर स्टीयान वान जिल शुन्य रनमा आउट भए भने इमरान ताहिर ४ रनमा बोल्ड भए । अर्का ओपनर डेन एलगार ७ रनमा अविजित छन् भने कप्तान हसिम अमला शून्य रनमा अविजत छन् ।

नागपुरमा टस जितेर पहिलेे ब्याटिङ गरेको भारतका लागि ओपनर मुरली विजयले सर्वाधिक ४० रन जोडे । अफ्रिकी अफ स्पिनर सिमन हार्मरले ४ तथा मोर्ने मोर्कलले ३ विकेट लिए ।

कुनै समय भारत ६-१२५ को स्थितिमा थियो । तर, विकेट किपर वृद्धिमान साहाले ३२ तथा रविन्ऽ जडेजा ३४ को योगदान दिँदा २०० रन पार गर्न सक्यो ।

ओपनर शिखर धवन १२ रनमै पभेलियन फर्किदा कप्तान विराट कोहलीले २२ तथा अजिन्क्य रहणे १३ रनमा आउट भए । चेतेश्वर पुजाराले २१ र रोहित शर्माले २ रन बनाए ।

भारतले पहिलो टेस्ट १०८ रनले जितेको थियो । वषर्ाले प्रभावित दोस्रो टेष्ट बराबरीमा सकिएपछि ४ टेस्टको सिरिजमा घरेलु टोली भारत १-० ले अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment