+
+

नुवाकोटमा सवारी दुर्घटना, एकको मृत्यु

२४ माघ, नुवाकोट । नुवाकोटको मदानपुरमा सवारी दुर्घटना भएको छ । शनिबार ११ जनाको ज्यान जाने गरी सवारी दुर्घटना भएको स्थान नजिकै भएको दुर्घटनमा एक जनाकेा मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २४ गते १०:१४

कपिलदेव खनाल
२४ माघ, नुवाकोट । नुवाकोटको मदानपुरमा सवारी दुर्घटना भएको छ । शनिबार ११ जनाको ज्यान जाने गरी सवारी दुर्घटना भएको स्थान नजिकै भएको दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

accidentमदानपुर गाउँ विकास समितिको बाराहीमा बा ३ ख ६३४५ नम्वरको आइचर मिनी ट्रक दुर्घटना हुँदा चालक देउराली गाउँ विकास समिति वडा नं. ८ का सेलकर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहका अनुसार अन्य दुई जना घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।

घाइतेहरुमा कल्याणपुर गाउँ विकास समिति वडा नं. ७ का सह चालक अम्विर खड्का र वडा नं. ५ को नारायण श्रेष्ठ छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ ।

आज बिहान त्रिशुलीबाट कुखुरा लिएर काठमाडौं गइरहेको मिनी ट्रक सडकबाट तीस मिटर तल खसेको छ ।  शनिबार दिउँसो ११ जनाको ज्यान जाने गरी माइक्रो बस दुर्घटना भएको स्थान भन्दा तीन सय मिटर अगाडी मिनी ट्रक दुर्घटना भएको नुवाकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?