+
+

इन्धन तस्करी गर्ने बाईसीयलका नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २४ गते १४:०३

२४ माघ, काठमाडौं । कालोबजारी गरेको आरोपमा बाईसीयलले निलम्बन गरेको भोलिपल्ट शंकर गिरी पक्राउ परेका छन् ।

महानगरीय प्रहरीको अपराध महाशाखाले गिरी र प्रकाश सापकोटालाई पक्राउ गरेको हो । ओखलढुंगाका गिरी बाईसीएलका केन्द्रीय सदस्य हुन् ।

इन्धन कालोबजारीमा संलग्न रहेको भन्दै बाईसीएलले शनिबार मात्र उनलाई निलम्बन गरेको थियो । लगतै आइतबार पक्राउ परेका छन् ।

इन्धन भण्डारण गरेर दोब्बर मूल्यमा विक्री गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ हजार ९५० मिटर डिजेल र १०० लिटर पेट्रोल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?