Comments Add Comment

टिचिङको फोन नउठ्दा कोइरालालाई अस्पताल पुर्‍याउन सकिएनः डा. योगी

२८ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई अस्पताल लैजान नसकिएको उनका निजी चिकित्सकले बताएका छन् ।

Kabirnath-yogiकांग्रेस सभापति कोइरालाको सोमबार राति निधन भएको थियो । कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले कोइरालालाई अन्तिम समयमा अस्पताल लैजाने प्रयास भएको बताए ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा डा. योगीले आफ्नो मोबाइल देखाउँदै भने-टिचिङको एक्सचेन्जमा एम्बुलेन्सको लागि १३ पटक फोन गरे तर, फोन उठेन ।’ कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारीमा लिएर जान झनै जोखिम हुने भएकाले नलगिएको उनको तर्क छ ।

कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङ्गको ६०१ नम्बर बेड बुक गरिएको भएपनि स्वास्थ्यमा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको उनले बताए ।

डा. योगीले निधारमा कुनै पनि चोट नभएको दाबी गरे । राति शौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारा लिएको भन्दै उनल ईन्जेक्सन लगाउँदा निस्किएको रगत लुगामा लागेको बताए ।

उनले भने-‘बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment