+
+

काठमाडाैंमा ७ हजार स्मार्ट लाइसेन्स बाँडियाे

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १७ गते १२:२६

Smart Licence Card
१७ फागुन,  काठमाडौं। यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट लाइसेन्स मार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।

पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई स्मार्ट कार्ड प्रदान गरी परीक्षणको रुपमा हेर्दा सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी स्मार्ट कार्डभित्र राखिएको हुन्छ ।

यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पुर्‍याउनेछ ।

महानिर्देशक श्रेष्ठले यस क्षेत्रमा देखिएका विकृति तथा विचौलियालाई समेत न्यूनीकरण गर्ने बताउँदै स्मार्ट कार्डलाई व्यवस्थित गर्न दक्ष जनशक्तिको अभाव रहेको बताए।

त्यसैगरी विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त लाइसेन्सको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताए ।

सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उनले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?