धुम्रपानले केवल मानिसको स्वास्थ्यमा मात्र असर पार्ने होइन यसले मानिसको व्यवसायिक उन्नति तथा आम्दानीमा पनि असर पार्ने देखिएको छ ।
धुम्रपान गर्ने व्यक्तिहरुको आम्दानी धुम्रपान नगर्नेहरुको तुलनामा निकै कम हुने गरेको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका सहायक प्रोफेसर तथा शोधकर्ता जुडिथ प्रोचास्काका अनुसार धुम्रपानले स्वास्थ्यमा मात्र खराबी उत्पन्न गर्ने होइन यसले मानिसको आम्दानीमा पनि असर पूराउँदछ ।
शोधकर्ताहरुले धुम्रपान गर्ने १ सय ३१ जना बेरोजगारहरु तथा धुम्रपान नगर्ने १ सय २० जना बेरोजगार मानिसहरुलाई अध्ययनमा सहभागी गराएका थिए ।
शोधकर्ताहरुले धुम्रपान नगर्ने र गर्ने मानिसहरुको बीचमा विभिन्न विषयमा फरकपना पाएका छन् । धुम्रपान गर्ने मानिसहरु आयु, शिक्षा तथा स्वास्थ्यका मामिलामा धुम्रपान नगर्नेहरुभन्दा निकै कमसल स्तरमा रहेको पाइयो ।
शोधकर्ताहरुका अनुसार धुम्रपानले मानिसको जागिर पाउने सम्भावनालाई पनि कम गरिदिन्छ । धुम्रपान नगर्नेहरुको तुलनामा धुम्रपानका अम्मलीहरुलाई जागिर खोज्न र पाउन कठीन हुने शोधकर्ताहरुको ठम्याई रहेको छ ।
शोधकर्ता जुडिथका अनुसार धुम्रपान गर्ने मानिसहरुले जागिर पाउनका लागि निकै धेरै कठिनाइको सामना गर्नुपर्ने देखिएको छ ।
यस सम्बन्धी शोध अमेरिकी जर्नल जेएएमए मा छापिएको छ ।
प्रतिक्रिया 4