+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सबैलाई साथ लिन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

'सरकार होइन, सिस्टम परिवर्तन गरौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते १५:४६

madhav nepal

२० वैशाख, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समाधान नहुने बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले दलका नेताहरुको कार्यशैली र बानी व्यवहारमा भने परिवर्तन आवश्यक रहेको बताए ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भने, ‘सरकार परिवर्तन अहिलेको आवश्यकता होइन । मुलुक चलाउने सिस्टम बसाउन तर्फ सबै लाग्नुपर्छ । नयाँ आउने सरकार पनि सिस्टम भएन भने जुन जोगी आए पनि कानै चिरेको हुनेछ ।’

अहिलेका चुनौती पार लगाउन सबैलाई साथमा लिएर अगाडि बढ्न उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुझावसमेत दिए ।

संविधान कार्यान्वयन, पुनर्निर्माणको कार्य सबैको सहमति बिना असम्भव रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘सबैलाई साथमा लिएर प्रधानमन्त्री ओली अहिले हिँड्न सक्नुपर्छ नत्र समस्या हल गर्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?