३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा घोषित स्थानीय चुनावले संविधान प्रतिकुल नरहेको भन्दै यसमा एकजुट हुन दलहरुलाई आह्वान गरेका छन् । उनले चुनावका लागि आवश्यक कानूनी तथा भौतिक पूर्वाधारको तयारीमा सरकार लागेको प्रष्ट पारे ।
संसदमा उठेका प्रश्नहरुको शुक्रबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहको पुनसंरचना गर्न केही समय लाग्छ । स्थानीय निकायमा झण्डै डेढ दशकदेखि जनप्रतिनिधिविहिन अवस्था अन्त्य गर्न चुनाव जरुरी छ ।’ जनप्रतिनिधि नभएका कारण विकास निर्माणलाई राजनीतिक नेतृत्व पाउन नसकेको उनले उल्लेख गरे ।
‘आवश्यक कानूनका लागि सरकारले तयारी गरिसकेको छ । यो यसै अधिवेशनमा पारित हुनेछ । आयोगले माग गरेको सबै व्यवस्थाका लागि सरकार तयार रहेको छ,’ प्रधानमन्त्रीे भने, ‘तोकिएको तिथिमा चुनाव सम्पन्न गर्न सबै दलहरु एकजुट हुन म हार्दिक आह्वान गर्छु ।’
प्रतिक्रिया 4