+
+

छोरीकै साथीले चोरिन् १९ तोला गहना

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते ६:२९

gold_diamond४ जेठ, काठमाडौं । गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो ।

घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको थियो । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

घरमा आइरहने व्यक्तिले नै चोरी गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले सिंहको घरमा गइरहने विभिन्न व्यक्तिमाथि अनुसन्धान सुरु गर्‍यो ।

सिंहकी छोरी नेहाकी साथी पूजा राई त्यस घरमा बारम्बार गइरन्थिन् । छोरीको मिल्ने साथी भएकाले पूजालाई सिंह परिवारले छोरीजस्तै मानेको थियो । तर, तिनै छोरी मानेर माया गरेकी पूजाले नै १० लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्लिन् भनेर संका पनि गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?