+
+

विद्यालय बनाउन ३९ अमेरिकी सेना दोलखा आउने

रासस रासस
२०७३ जेठ १७ गते १०:१०

१७ जेठ, दोलखा । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् ।

अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले  सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ ।

अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्ने बताएको छ । अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ ।

सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ । अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ ।

सेनाले १७ देखि ३२ गतेसम्म त्यहाँ कार्य गर्ने जनाएको हो । सोमबार १३ जनाको टोली दोलखा आएको छ भने अन्य २६ जना दुईपटक गरेर आउने अमेरिकी सेनाले बताएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?