+
+

माओवादी केन्द्रको पोलिटब्युरो बैठक, ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते ७:२८

mao-office२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय सदस्यको टुंगो लगाउँदै छ । आज बस्ने पोलिटव्युरो बैठकले सचिवालय र केन्द्रीय समितिको बैठकले विस्तारको निर्णय गर्ने छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले अघि २ सय ४१ सदस्यीय पोलिट्व्युरो बनाउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

हिजो बसेको हेडक्वार्टर बैठकमा ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिट्व्युरो बनाउने प्रस्ताव पेश भएको थियो । सो प्रस्तावलाई हेडक्वार्टरले अनुमोदन गरेलगत्तै पोलिट्व्युरो बैठकले अनुमोदन गर्न लागेको हो ।

बैठकले महाधिवेशन आयोजक समिति ९ सय ९९ सदस्यीय बनाउने निर्णय गर्ने छ ।

९९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा एकता प्रक्रियामा सहभागी घटकका लागि सदस्य संख्या भाडबन्डा गरिएको छ ।

एमाओवादीलाई ६ सय, बादल समूहलाई तीन सय र बाँकी ९९ सदस्य मणि थापा, मातृका यादव, नेकपा माओवादी बिद्रोहीलगायतका समूहको भागमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?