Comments Add Comment

पाथीभरा मन्दिर १७ दिनमै २० लाखभन्दा बढी भेटी संकलन

2 photo Pathibhara२८ जेठ , ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ ।

यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तीर्थयात्री भित्रिएको समेत सो समितिले जनाएको छ ।

यसअघि २०७२ साल चैत ३० देखि वैशाख २२ गते भित्रको अवधिमा १४ लाख ४४ हजार १५० रुपैयाँ सङ्कलन भएको जनाइएको थियो ।

यस्तै, धेरै सङ्ख्यामा सुनचाँदीका विभिन्न सामग्रीसमेत जम्मा भएको बताइएको छ । अहिले पनि दैनिक सयौँको सङ्ख्यामा मन्दिर दर्शनका लागि मानिसहरु जाने गरेको बताइएको छ । पाथीभराको दर्शन गरे आफूले चिताएको कुरा पुग्ने धार्मिक विश्वास रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment