Comments Add Comment

दाङ देउखुरी समाज युएई द्वारा अबुधावीमा क्षेत्र बिस्तार

dang deukhuri samajयुएई  । दाङ देउखुरी समाज युएईको २०१६ जून २४ को अबुधावी भेलाले क्षेत्र बिस्तार गर्दै अबुधावीमा ०९ सदस्यी क्षेत्रीय समिति गठन गरेको छ।

दाङ देउखुरी समाज युएईका केन्द्रीय अध्यक्ष शान्त गिरी र दाङवासी नरेश सेनको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा संस्थाका केन्द्रिय पदाधिकारी सहित अबुधावीमा रहेका दाङवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

संस्थाका केन्द्रिय अध्यक्ष शान्त गिरीको शुभकामना सन्देश बाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी नरेश सेनले युएईमा रहेका नेपालीहरुको परिवेश यहाँ रहेका अवसर चुनौती साथै यस्ता संस्था र यी बाट नेपालीहरुमा पर्ने प्रभाव जस्ता विविध आयामहरु प्रस्तुत गर्नु भएको थियो।

संस्थाका केन्द्रीय उपाध्यक्ष सन्तोष धितालले संस्था बारे जानकारी दिंदै त्यहाँ उठेका जिज्ञासा् हरुमा समेत प्रष्ट पार्नु भएको थियो। त्यहाँ उपस्थित संस्थाका केन्द्रीय पदाधिकारीहरुमा सह-सचिव कमल गिरी,प्रबक्ता नारायण आचार्य,सदस्य सूर्य के.सी. ले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो भने संस्थाका संरक्षक सालिक सुवेदीले पठाउनु भएको शुभकामना सन्देश समेत पढेर सुनाईएको थियो।

नव गठित समितिको तर्फबाट बोल्दै अध्यक्ष बिश्वदेव शाहले अबुधावी क्षेत्रमा रहेका सम्पूर्ण दाङवासीहरु लाई समेट्दै आफू र आफ्नो समिती जिल्लावासीका लागि दृढता पूर्वक अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

संस्थाको नवगठित समितिमा अध्यक्षमा बिश्वदेव शाह,उपाध्यक्षमा खुम प्रसाद पौडेल,सचिवमा सरोज बस्नेत,सह-सचिवमा मुक्त जि.सी.,कोषाध्यक्षमा देवेन्द्र बिश्वकर्मा,सह कोषाध्यक्षमा मुक्ती प्रसाद आचार्य त्यस्तै सदस्यहरुमा क्रमशः प्रेम चौधरी,गुरु बहादुर वली र टोप बहादुर डाँगी हुनुहुन्छ भने सल्लाहकारमा शेर बहादुर बि.क. छन् ।

नवगठित समितिका पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष गिरीले सपथ ग्रहण गराउंदै बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन केन्द्रिय सचिव एकराज रिजालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment