Comments Add Comment

चेक लाखौंका, खातामा शून्य !

१४ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक प्रयोगकर्ता मानबहादुर थापाले खातामा पैसा नभएपनि सुशील ताम्राकारलाई ५ लाखको चेक दिए। ताम्राकारले पटक पटक बैंक धाउँदा पनि चेक साटिएन ।

chequeत्यस्तै सरिता लामाले तत्कालीन ग्रान्ड बैंकमार्फत नवीनकुमार विष्टका नाममा २ लाखको चेक दिइन् । विष्टले पनि चेकमा उल्लेख भएको रकम पाएनन् । श्रीकृष्ण शाहीले पनि कुमार दाहाललाई कुमारी बैंकको ५ लाखको चेक दिए । गोविन्द सुनुवारले घनश्याम कँडेलका नाममा काटेको एसबीआई बैंकको १ लाखको चेक साटिएन । अाजको कारोबार दैनिकमा समाचार छ ।

चेक दिएर ठगी गर्ने थापा, लामा, शाही र सुनुवार प्रतिनिधि पात्र मात्रै हुन् । बैंक खातामा पैसा नभएपनि चेक जारी गर्ने तर भुक्तानी लिन जाँदा रकम शून्य हुने प्रवृत्तिले यस्ता किसिमका उजुरी बारम्बार आउने गरेको प्रहरी अधिकारी बताउँछन् । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्रसिंह राठौर चेक बाउन्ससम्बन्धी पीडितका उजुरी र गुनासो दैनिकजसो आउने गरेको सुनाउँछन् ।

चेक ठगीमा सबैभन्दा बढ घरजग्गा कारोबार, हाउजिङ, वैदेशिक रोजगार, होटल, रेस्टुराँ, उद्योग, शैक्षिक परामर्श केन्ऽ लगायत क्षेत्रमा आबद्ध व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानले देखाउँछ । चेक जारी गरे पनि खातामा भने ५० रुपैयाँदेखि २ हजारसम्म मात्र हुने गरेको पाइएको छ । देशभर एक वर्षमा १ अर्ब हाराहारीका चेक बाउन्स हुने गरेको अनुमान छ । केही वर्षअघिसम्म चेक बाउन्सलाई ठगीका रुपमा लिए पनि अहिलो यस्तो अभियोगलाई बैंकिङ कसुरका रुपमा लिइने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment