+
+

घुस खाने प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

रासस रासस
२०७३ असार २६ गते १९:०१

२६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक वीरेन्द्र कुसियतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

CIAA-Nepal
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्राविधिक सहायक कुसियतले राष्ट्रिय प्राथमिक विद्यालय, सप्तरीमा कार्यरत शिक्षक मनोजकुमार यादवसँग जिल्लान्तर सरुवा सहमति दिएबापत रु ४० हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

आयोगले आरोपी कुसियत उपर बिगो रु ४० हजार कायम गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

यस्तै, आयोगले जिल्ला विकास समिति कार्यालय, कैलालीको विकास समितिअन्तर्गतको खरिदार पदमा कार्यरत गुनसिंह चौधरीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

चौधरीले दीपेन्द्र मावि कैलालीबाट २०४५ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?